Dilko Kura Nagara

दिलको कुरा नगर दिलमाया
धेरै भयो सिसाझैँ फुटेको
दिलको कुरा नगर दिलमाया
धेरै भयो सिसाझैँ फुटेको
आगो पानी सँगसँगै बस्दैनन्
आगो पानी सँगसँगै बस्दैनन्
जाति भयो तिमीसँग छुटेको
हो, जाति भयो तिमीसँग छुटेको

फूल जस्तै मुस्कुराई हाँसिहाँसि आयौ
फूल जस्तै मुस्कुराई हाँसिहाँसि आयौ
फूलको जोवन जलाएर तिम्ले आगो लायौ
सुनको कुरा नगर सुनमाया
सुनको मान्छे फलामको बिचार
अघि अघि फूलको बयान
अघि अघि फूलको बयान
पछिपछि छुराको प्रहार
हो, पछिपछि छुराको प्रहार

मन परून्जेल मेरो हिरा, मेरो हजुर भन्यौ
मन परून्जेल मेरो हिरा, मेरो हजुर भन्यौ
आफ्नो मनमा ताल्चा लाएउ
पराई कुरा सुनेउ
मनको कुरा नगर मनमाया
मन मारेर मनबाट गएसि
आफ्नो आफ्नो अलगै बाटो भो
आफ्नो आफ्नो अलगै बाटो भो
एउटै बाटो दोबाटो भएसि
हो, एउटै बाटो दोबाटो भएसि
दिलको कुरा नगर दिलमाया
धेरै भयो सिसाझैँ फुटेको
आगो पानी सँगसँगै बस्दैनन्
आगो पानी सँगसँगै बस्दैनन्
जाति भयो तिमीसँग छुटेको
हो, जाति भयो तिमीसँग छुटेको



Credits
Writer(s): Ram Krishna Dhakal
Lyrics powered by www.musixmatch.com

Link