Dekhai Dinush

देखाइदिनुस् चन्द्रमुहार, किन ढाक्नुहुन्छ?
देखाइदिनुस् चन्द्रमुहार, किन ढाक्नुहुन्छ?
शायद मलाई लोभ्याएर
हो, शायद मलाई लोभ्याएर माया माग्नुहुन्छ
देखाइदिनुस् चन्द्रमुहार, किन ढाक्नुहुन्छ?

हेर्दै लाजवन्तीजस्तै नसर्माउनुस्
बरु हजुर छेउमै सुस्त-सुस्त आउनुस्
हो, हेर्दै लाजवन्तीजस्तै नसर्माउनुस्
बरु हजुर छेउमै सुस्त-सुस्त आउनुस्

मुख लुकाई मुस्कुराउँदै किन भाग्नुहुन्छ?
शायद मलाई लोभ्याएर
हो, शायद मलाई लोभ्याएर माया माग्नुहुन्छ
देखाइदिनुस् चन्द्रमुहार, किन ढाक्नुहुन्छ?

नजानिँदो गरी कुरा बङ्ग्याएर
अलि रिसाएर, अलि दङ्ग्याएर
हो, नजानिँदो गरी कुरा बङ्ग्याएर
अलि रिसाएर, अलि दङ्ग्याएर

कति माया गर्छु भनी किन जाँच्नुहुन्छ?
शायद मलाई लोभ्याएर
हो, शायद मलाई लोभ्याएर माया माग्नुहुन्छ
देखाइदिनुस् चन्द्रमुहार, किन ढाक्नुहुन्छ?
शायद मलाई लोभ्याएर
हो, शायद मलाई लोभ्याएर माया माग्नुहुन्छ



Credits
Lyrics powered by www.musixmatch.com

Link